प्रीमियर लिगमा म्यानचेस्टर सिटी र ब्राइटन प्रतिस्पर्धा गर्दै

म्यानचेस्टर सिटीले बुधबार राती प्रीमियर लिग अन्तर्गत ईतिहाद स्टेडियममा ब्राइटनलाई स्वागत गर्दै छ । यी दुई टोली बिचको भिडन्त नेपाली समय अनुसार राती पौने १२ बजेबाट सुरु हुने छ ।

दोस्रो स्थामा रहेको लिभरपुल भन्दा चार अंक पछी रहेको म्यानचेस्टर सिटी आजको खेल जित्दै तालिकाको तेस्रो स्थामा उक्लने रणनिती सहित मैदान उत्रने छ । शिर्ष स्थानका ४ टिमहरु भन्दा ढिला गरी सीजनको सुरुवात गरेको पेप गार्डियोलाको टिमले शिर्ष टिमहरु भन्दा २ खेल कम खेलेको छ र उस्लाई दोस्रो स्थानमा पुगाउन आमामी २ खेलहरु महत्वपुर्ण सवित हुने छन् ।

अघीलो साता एफए कपमा बर्मिङघम सिटीलाई ३–० ले परास्त गरेको म्यानचेस्टर सिटीले प्रमियर लिगका अन्तिम ५ खेलमा कुनै हारको सामना गरेको छैन । त्यस कारण उच्च मनोबल सहित म्यानचेस्टर सिटी आज ब्राइटनबिरुद्ध मैदान उत्रने छ ।

अर्को तर्फ एफए कपमा कम्जोर प्रतिद्धोन्दी न्युपोर्ट काउन्टीसँग पेनल्टी शुटआउटमा ४–३ को संघर्ष पुर्ण जित निकालेको ब्राइटनले प्रीमियर लिगमा अन्तिम ५ खेलमा ४ बराबरी र १ हारको सामना गरेको छ र जितका लागी निकै संघर्षरत छ ।

ग्राहम पोटरको टिम ब्राइटनले आज केही समालिएर खेले मात्र म्यानचेस्टर सिटीबिरुद्ध जित निकाल्न सक्ने छ ।

म्यान्चेस्टर सिटी सर्जियो अगुएरो बिना मैदान उत्रने छ अगुएरो कोरोना संक्रमीतको सम्पर्कमा आएको पाईए पछी उनी सेल्फ आईसोलेसनमा छन् । यस्तै चोटका कारण टिम बाहिर रहदै आएका एडरसन र फेरन टोरेस टिममा फर्कने आशा गरिएको छ । आयुरिक ल्यापोर्टे र नेथन अके खेल्ने अनिश्चित हुदा घाइते एरिक गार्सिया भने टिम बाहिर रहने छन् ।

ब्राइटनको टिममा निश्चित रूपमा यवस बिसैमाको अभाव खड्कने छ । उनले यस अघीको खेलमा रातो कार्ड पाएका कारण निलम्बन गरिएको छ । यस्तै तारकी ल्याम्पटे ह्यामस्ट्रिङ ईन्पुरीका कारण आजको खेल गुमाउने छन् ।

म्यानचेस्टर सिटी र ब्राइटन हालसम्म २४ पटक आमने सामने हुदा म्यानचेस्टर सिटीले १५ खेल जितेको छ भने ब्राइटनले ५ खेल निकाल्दा ४ खेल बराबरीमा समाप्त भएका छन् ।

जारी प्रीमियर लिगमा १५ खेल खेलेको म्यानचेस्टर सिटी ८ जित र २ हारको सामना गर्दै २९ अंक सहित तालिकाको छौटौं स्थामा छ ।
यस्तै १७ खेल खेलेको ब्राइटनले २ जित र ७ हार बेहोरेको छ । तालिकाको १७ औं स्थानमा रहेको उस्को कुल १४ अंक रहेको छ ।

यो पनि पढ्नुहोस्ः सुपर कपको पहिलो सेमिफाइनलमा बार्सिलोना र रियल सोसिडाड भिड्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :