सुपर कपको पहिलो सेमिफाइनलमा बार्सिलोना र रियल सोसिडाड भिड्दै

स्पेनिस सुपर कपको पहिलो सेमिफाइनलमा बार्सिलोना र रियल सोसिडाड प्रतिस्पर्धा गर्दै छन् । खेल कोर्डाेभा स्पेनमा बुधबार राती खेलिने खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुने छ ।

रियल सोसिडाडविरुद्ध राम्रो रेकर्ड भएको बार्सिलोना आजको खेल जित्दै ३७ औं संस्करणको स्पेनिस सुपर कपको सेमीफईनलमा स्थान बनाउने योजना सहित मैदान उत्रने छ ।

यस्तै अन्तिम पटक ला लीगामा समना गरेको हारको बदला लिने रणनितीमा हुने छ सोसिडाड । यस्का डेभिड सिल्वा, अर्तिज एलस्टुण्डो र विलियन जोस चोटका कारण मैदान बाहिर रहने छन् ।

यस्तै चोटका कारण बार्सिलोनाका अन्सु फाती, जेरार्ड पिके, सजी रोबर्टाे, र फिलिपे कौंटिन्होले सोसिडाडबिरुद्धको खेल गुमाउने छन् ।

यि दुई टोलीहरु आल सम्म ४१ पटक आमने सामने हुदा बार्सिलोना निकै हाबी खेदिन्छ । बार्सिलोनाले २८ खेल जित्दा सोसिडाडले मात्र ७ जितमा चित्त बुझाएको छ । दुबै टिमले ६ खेल बराबररी खेलेका छन् ।

अर्काे सेमिफाइनलमा बिहीबार राति रियल म्याड्रिड र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुदैछ । फाइनल सोमबार राति हुनेछ ।

यो पनि पढ्नुहोस्ः प्रीमियर लिगमा म्यानचेस्टर सिटी र ब्राइटन प्रतिस्पर्धा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :