फेब्रिस जोङगोले स्थपित गरे ट्रिपलजम्पमा विश्व किर्तिमान

बुर्किना फासोका ह्युग्स फेब्रिस जोङगोले इन्डोर ट्रिपलजम्पमा विश्व किर्तिमान स्थपित गरेका छन् ।

जोङगोले फ्रान्समा सम्पन्न इन्डोर ट्रिपलजम्प च्याम्पियन सीपमा १८ दशमलव ०७ मिटर जम्प गर्दै विश्व किर्तिमान स्थपित गरेका छन् । जोङगो इन्डोरट्रिपल जम्पमा १८ मिटर जम्प गर्ने पहिलो एथलीट समेत हुन् ।

२७ वर्षीय जोङगोले २०११ मा उनका बर्तमान प्रशिक्षक फ्रान्सका टेड्डी ताम्घोले स्थापित गरेको १७ दशमलव ९२ मिटर ट्रिपलजम्पको विश्व किर्तिमान भङ्ग गर्दै नयाँ विश्व किर्तिमान आफ्नो नाम गरेका हुन् । उनले आफ्ना प्रशिक्षक ताम्घो भन्दा १५ सेन्टिमिटर बडी जम्प गर्दै विश्व किर्तिमान बनाएका हुन् ।

पुरुषको इन्डोर र आउट डोर गरी सबै स्पर्धामा सर्वाधिक लामो जम्पको विश्व किर्तिमान भने बेलायतका जोनाथन एडवाड्र्सको नाममा छ । एडवाड्र्सले १९९५ मा आउट डोर ट्रिपल जम्पमा १८ दशमलव २९ मिटर जम्प गरेका थिए ।

यस अघी जोङगोले इनडोरमा १७ दशमलव ७७ मिटर जम्प गरेका थिए । भने आउट डोरमा १७ दशमलव ६६ मिटर जम्प गरेका थिए ।

जोङगोलाई २०२१ ओलम्पिकमा बुर्किना फासोको लागी पहिलो स्वर्ण पदक जित्ने अपेक्ष्या समेत गरिएको छ ।

यो पनि पढ्नुहोस्ः शिर्ष स्थानको म्यानयुलाई लिभरपुलाको चुनौती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :