काठमाण्डौ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज बागमित प्रदेश र सूदूपश्चिम प्रदेश आमने सामने हुँदैछन् ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहीबेर अघि भएको टसमा सूदूरपश्चिमले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ ।
समूह बि अन्तर्गतको खेलमा बागमित प्रदेश र सूदूपश्चिमबिचको खेल बिहान ९ः ३० बजेबाट शुरु हुनेछ ।
बागमति प्रदेशको कप्तानी ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्नेछ भने सूदूरपशिचमको कप्तानी सन्तोष्या भट्ट्ले गर्दैछन् ।
प्रतियोगिताको दावेदारको रुपमा हेरिएको बागमतिमा राष्ट्रिय टोली र युवा पुस्ताको मिश्रण देखिएको छ ।
यी दुईबिचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ ।
समूह चरणबाट शिर्ष दुई टिम अन्तिम चारमा पुग्नेछन् ।
खेलहरु किर्तिपुरको टियु मैदान र मुल्पानीस्थित क्यानको मैदानमा हुनेछन् ।




