प्रधानमन्त्रबी कपः प्रदेश १ ब्याटिङ्ग गर्दै

काठमाण्डौ । (प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आजको दोश्रो खेलमा प्रदेश एकले गढडकी प्रदेशको सामना गर्दैछ ।

मुलपानीस्थित क्यानको मैदानमा केहीबेर अघि भएको टसमा प्रदेश एकले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ ।

समूह ए अन्तर्गतको खेलमा प्रदेश एक र गण्डकीबिचको खेल बिहान ९ः ३० बाट शुरु भएको हो ।

प्रदेश एक सिद्धान्त लाोहनीको कप्तानीमा खेलिरहेको छ भने भने गण्डकीको कप्तानी विपिन खत्रीले गरिरहेका छन् ।

्दुबैले पहिलो खेल गुमाएको कारण आजको खेल जित्दै प्रतियोगितामा आगामी चरण प्रवेशको आश कायम राख्न चाहन्छ ।

प्रदेश एक पहिलो खेलमा एपीएफसँग हारेको थियो भने गण्डकी आर्मीसँग पराजित भएको थियो ।

यी दुईबिचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ ।
समूह चरणबाट शिर्ष दुई टिम अन्तिम चारमा पुग्नेछन् ।

खेलहरु किर्तिपुरको टियु मैदान र मुल्पानीस्थित क्यानको मैदानमा हुनेछन् ।

यो पनि पढ्नुहोस्ः  कोहली इन्स्टाग्राममा एसियाकै सबै भन्दा बडी फलोअर्स हुने ब्याक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :