प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको छ ।
समूह ‘बी’ को आजको खेलमा लुम्बिनीले प्रदेश २ बिरुद्ध टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको हो ।
दुबै टिमले आफ्नो पहिलो खेल खेलिएका हुदा जित निकाल्दै प्रतियोगिताको सुखद शुरुवात गर्ने रणनितीमा लुम्बिनी र प्रदेश २ हुनेछन् ।
यस्तै मुलपानी क्रिकेट मैदानमासमूह ‘ए’ आजको खेलमा गण्डकीले कर्णालीबरुद्ध टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको छ ।
प्रतियोगितामा २ खेल खलेको गणडकीले एक खेल हारेको छ भने एकमा जित निकालेको छ । यस्तै आफ्नो दोस्रो खेल खेलिरहेको कर्णालीले पहिलो खेल गुमाएको छ ।