भारतिय टेस्ट क्रिकेट टिमका विकेट किपर ब्याटस्म्यान ऋषभ पंत ले टेस्ट क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।
पंतले २७ टेस्ट पारीमा एक हजार पुरा गरेका हुन् । अष्ट्रेलियाबिरुद्धको अन्तिम टेस्टको दोस्रो पारीमा ९ रन जोडेसँगै उनले एक हजार टेस्ट रन पुरा गरेका हुन् ।
योसँगै पंत भारतकालागी सबै भन्दा कम ईनीङ्गमा एक हजार टेस्ट पुरा गर्ने किपर ब्याटस्म्यान बनेका छन् ।

यस अघी भारतिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रशिंह धोनीले ३२ टेस्ट ईनीङ्गमा एक हजार टेस्ट पुरा गरेका थिए ।
भारतका लागी सबै भन्दा छिटो एक हजार टेस्ट रन पुरा गर्ने किपर ब्याटस्म्यानको तेस्रो स्थानमा फारोख इन्जिनियर छन् उनले ३६ ईनीङ्गमा एक हजार टेस्ट पुरा गरेका थिए । चौथो स्थानमा ऋृद्धिमान साहा छन् उनले ३७ ईनीङ्गमा एक हजार टेस्ट पुरा गरेका थिए ।
यो पनि पढ्नुहोस् : प्रधानमन्त्री कप: लुम्बिनी र गणडकी ब्याटिङ्ग गर्दै