प्रधानमन्त्री कप: राहुल उपाध्यायको अर्धशतक

राहुल उपाध्याय प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गरेका छन् ।

गण्डकी प्रदेशका ब्याट्सम्यान राहुल उपाध्यायले मुलपानी क्रिकेट मैदानमा जारी खेलमा कर्णाली प्रदेशबिरुद्ध अर्धशतक प्रहार गरेका हुन् । राहुले ५२ बलमा ६ चौका र ३ छक्काको मद्दतले ५० रनको अर्धशतकीय पारी खेलेका हुन् ।

राहुलले २५ औं ओभरको अन्तिम बलमा सिङ्गल लिँदै अर्धशत बनाएका हुन् । उनले रवीन्द्र शाहीको बलमा सिङ्गल लिँदै अर्धशतक प्रहार गरेका हुन् ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री कप: सौरभ खनालको अर्धशतक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :