पत्रकारमाथि भएको दुर्ब्यवहारप्रति एनएसजेएफको आपत्ति

काठमाण्डौ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका दौरान मंगलबार खेल पत्रकारमाथि भएको दुर्ब्यवहारको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चले मंगलबार बेलुकी खेलस्थलमा आयोजकले पत्रकारमाथि गरेको दुर्ब्यवहार गलत भएको भन्दै भर्त्सना सहितको विज्ञप्ति जारी गरेको हो ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा समाचार संकलनका क्रममा आयोजकबाट खेलसकिएपछिको नियमित पत्रकार सम्मेलनको दौरान पत्रकारमाथि अभद्र व्यवहार भएको हो ।

कर्णाली प्रदेश र गण्डकी प्रदेशको खेलपश्चात भएको नियमित पोष्ट म्याच कन्फरेन्समा विजयी टोलीका कप्तान तथा प्रशिक्षकसँग अन्तर्वार्ता लिने क्रममा जथाभावि प्रश्न किन सोधेको भन्दै बागमती प्रदेश क्रिकेट संघका सदस्य अजय वीर पाण्डेले पत्रकार सुवास हुमागाइमाथि अभद्र ब्यवहार गरेका थिए ।

यसबाहेक पाण्डेले पत्रकारहरु फर्कने क्रममा पनि धम्कीसहितको ब्यवहार गरेका थिए ।

यस विषयमा मञ्चले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई सोध्दा यो हर्कत गलत भएको र दोषि उपर कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

मञ्चले दोषी उपर कारवाही गरी पत्रकारलाई सुरक्षित तवरले समाचार संकलनको माहोल मिलाउन क्यानसँग आग्रह समेत गरेको छ ।

यो पनि पढ्नुहोस् : एन्फाको बजेट करिब ८६ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :