प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अन्तर्गत समूह ‘बी’ को आजको खेलमा सूदुरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई जितका लागी १ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
किर्तिपुर स्थित टि यू क्रिकेट मैदानमा टस हारे ब्याटिङ्ग गरेको सूदुरपश्चिमले ३३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११० रनको योगफल तयार पारेको हो ।
सूदुरपश्चिमका लागी खडक बोहोराले सर्वाधिक ४० रनको योगदान दिए भने सञ्जु दमाईले ३५ रन, अरुण ऐरीले १३ रन र अर्जुन साउदले १० रन बनाए । ६ खेलाडीहरुलाई शून्यमा गुमाएको सुपका अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सूदुरपश्चिमलाई सस्तैमा समेट्न पुलिसका सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान ४–४ विकेट हात पारे भने सूदुरपश्चिमका २ जना ब्याट्सम्यान रन आउट भएका थिए ।
यो पनि पढ्नुहोस्ः एक खेल अगाबै प्रदेश एक पीएम कपबाट बाहिर




