काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र बागमती प्रदेशबीच प्रेदश स्तरीय रेफ्री उत्पादनमा लागी सम्झौता भएको छ ।
प्रदेश स्थरीय नयाँ रेफ्री उत्पादनका लागि बुधबार एन्फा र बागमती प्रदेशबीच सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पा र बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारीबीच सम्झौता भएको हो ।
एन्फासँगको सम्झौता अनुसार बागमती प्रदेशले रेफ्री उत्पादनाका लागि ३९ जनालाई प्रशिक्षण दिने भएको छ । बागमती प्रदेशले तत्कालै प्रशिक्ष समेत सुरु गर्ने जनाएको छ । प्रशिक्षणका लागि आवश्यक प्राविधिक सहयोग भने एन्फाले गर्ने भएको छ ।
प्रशिक्षणमा सहभागिहरुको खाने बस्ने र ड्रेस लगायतका खर्च भने प्रदेश आफैले व्यहोर्नुपनेछ । प्रशिक्षणपछि प्रदेशमा हुने फुटबल गतिविधीमा ती रेफ्रीलाई प्रयोग गर्ने एन्फाको योजना रहेको छ ।
यो पनि पढ्नुहोस्ः सेन्ट्रल कलेज भरतपुर माडी गोल्डकप फाइनलमा प्रवेश




