प्रधानमन्त्री कप: प्रदेश एक १ सय ३१ रनमा अलआउट

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अन्तर्गत समूह ‘ए’ को आजको खेलमा प्रदेश एकले विभागिय टोली नेपाल आर्मीलाई जितका लागी १ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ्ग गरेको प्रदेश एकले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको हो ।
प्रदेश एकका लागी बिबेक मेहताले सर्वाधिक ५० रनको अर्धशतकिय पारी खेले । उनले ८३ बलमा ७ चौका र १ छक्काके मद्दतमा ५० रन जोडेका थिए ।

यस्तै, फिरदोष अन्सारीले ३२ रन, दीपक पासवानले १९ रन र दिपेश कँडेलले ११ रनको योगदान दिदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश एकलाई सस्तैमा समेट्न आर्मीका शहाव आलमले सर्वाधिक ४ विकेट हात जरे भने आकाश चन्दले ३ विकेट लिए ।

यो पनि पढ्नुहोस्ः फुलहमले म्यनचेस्टर युनाइटेडको सामना गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :