सिटीलाई शिर्ष स्थानमा उक्लने राम्रो मौका

इङ्गलिस प्रिमियर लिग फुटबलमा बुधबार हुने खेलमा म्यानचेस्टर सिटी र एस्टन भिल्ला आमने सामने हुँदैछन् ।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती ११:४५ बजेबाट सुरु हुँदैछ ।

घरेलु भुमिमा भिल्लालाई हराउने योजनासहित सिटी मैदान उत्रनेछ । १७ खेलमा ३५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको सिटी आजको खेल जिते शिर्ष स्थानमा उक्लनेछ ।

सिटीका नेथन एकेले चोटका कारण घरेलु भुमिको खेल गुमाउने भएका छन् भने आयुरिक ल्यापोर्टे र सर्जियो एगुएरोले पनि घरेलु भुमिको खेल गुमाउने सम्भावना छ ।

यस्तै भिल्ला पनि आजको खेल जित्दै लिग तालिका सुधारको दाउमा रहनेछ । १५ खेलमा २६ अङ्क जोडेर ११ औं स्थानमा रहेको भिल्ला नवौं स्थानमा उक्लनेछ ।

ट्रेजेगुट र वेस्ले चोटका कारण आजको खेलमा मैदानमा रहने छैनन् भने सर बार्कले पनि आजको खेल गुमाउने सम्भावना छ ।

यो पनि पढ्नुहोस्ः गजराज जोशी स्मृति कपमा वडा नम्वर २ र ३ विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :