फुलहमले म्यनचेस्टर युनाइटेडको सामना गर्दै

ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार हुने खेलमा फुलहमले दोस्रो स्थानको म्यनचेस्टर युनाइटेडको सामना गर्दैछ ।

फुलहमको घरेलु मैदान क्रेभन कुटिज स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती २ बजेबाट सुरु हुनेछ ।

घरेलु भुमिको खेल जित्ने योजनासहित फुलहम मैदान उत्रनेछ । १७ खेलमा १२ अङ्क जोडको फुलहम १८ औं स्थानमा छ । फुलहम आजको खेल जिते रेलिगेशन जोजबाट सुरक्षित रहनेछ ।

फुलहमका टम क्यायरनी, टेरेन्स कोगोलले चोटका कारण घरेलु भुमिको प्रतियोगिता गुमाउने भएका छन् भने एन्टोनी रबिन्सन र बबी रिड निलम्बनमा परेको कारण आजको खेलमा सामेल हुने छैनन् ।

यस्तै युनाइटेड पनि यस सिजन कमजोर देखिएको फुलहमलाई उसैको घरेलु भुमिमा हराउने दाउमा रहनेछ ।

युनाइटेडले १८ खेलमा ३७ अङ्क जोडेको छ । युनाइटेडका ब्रान्डन विलियम्स र फल जोन्स चोटका कारण आजको खेलमा मैदान बाहिर रहने भएका छन् ।

यो पनि पढ्नुहोस्ः  सिटीलाई शिर्ष स्थानमा उक्लने राम्रो मौका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :