सेन्ट्रल कलेज भरतपुर माडी गोल्डकप फाइनलमा प्रवेश

सुनिलकुमार श्रेष्ठ

चितवन। राष्ट्रियस्तरको माडी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा माडी ११ लाई हराउदै सेन्ट्रल कलेज बि एफ सि भरतपुर फाइनलमा प्रवेश गरेकोे छ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा माडी ११ लाई एफ १–० गोलले पराजित गर्दे सेन्ट्रल कलेजले फाइनलमा स्थान बनाएको हो। खेलमा म्यान अफ द म्याच सेन्ट्रल कलेजका जितेश गुरुङ घोषित हुनुभएको थियो ।

प्रतियोगिताको सेमिफाइनल खेल अन्तर्गत बिहिबार दिउँसो २ बजे काठमाण्डौ ११ र लेखनाथ युनाइटेड क्लब पोखराबिच खेल हुनेछ ।

माडीकै सर्बाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको सो फुटबल प्रतियोगितामा देशभरका ८ वटा टिमहरू सहभागी रहेका छन ।

प्रतियोगिता माघ १० गतेसम्म जारी रहने छ।

यो पनि पढ्नुहोस्ः  महिला खेलाडीको अनुभवः दशरथ रंगशालामा खेल्दा सपना पूरा भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :