रोनाल्डोको किर्तिमानी गोलमा युभेन्टसलाई सुपर कपको उपाधी

स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको किर्तिमानी ७६० औं गोलको मद्दतमा युभेन्ट्सले इटालियन सुपर कपको उपाधी कब्जा गरेको छ ।

युभेन्ट्सले बुधबार राति सम्पन्न फाईनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै नवौं पटक सुपर कपको उपाधी जितेको हो ।

युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरी खेल्दा युभेन्ट्सलाई शुरुवाती अग्रता दिलाउन रोनाल्डोले किर्तिमानी गोल गरे । उनले खेलको ६४ औं मिनटमा गोल गरेका थिए ।

खेलको ८० औं मिनटमा लोरेन्जोले पेनाल्टीमा मिस गर्दै बराबरी गर्ने मौका गुमाएको थियो ।

त्यसपछि खेलको अतिरक्ति समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।

यससंगै युभेन्ट्सले नवौं पटक सुपर कप फुटबलको उपाधि जितेको छ भने रोनाल्डोले आफ्नो टिमलाई चौंथो उपाधी दिलाए ।

आफ्नो करियरको ७६० औं गोल गरेका रोनाल्डोको अन्तराष्ट्रिय फुटबल र शिर्ष डिभिजन क्लबका लागी खेल्दै सर्वाधिक गोल गर्ने किर्तिमान स्थापित गरेका हुन् ।

रोनाल्डोको आफ्नो फुटबल करियरमा स्पोर्टिङ लिस्बनका लागि ५ गोल, म्यानचेस्टर युनाइटेडका लागि ११८ गोल रियाल मड्रिडका लागि ४५० गोल, युभेन्ट्सका लागि ८५ र पोर्चुगलका लागि १०२ गोल गरेका छन् ।

यद्यपी जोसेफ बिकन फुटबलका अल टाईम आई स्कोरर हुन् । उनले आफ्नो फुटबल जिवनमा ८०५ गोल गरेका छन् ।

यस्तै रोमरियाले ७७२ गोल र पेलेले ७६७ गोल गरेका छन् तर तिनै जनाले गरेको गोल संख्यामा उनीहरुले अन्तराष्ट्रिय फुटबल र शिर्ष डिभिजन क्लब फुटबल बाहेक स्थानिय क्लब र तल्लो डिभिजन क्लब बाट गरेको गोल समेत सामेल गरिएको छ ।

यो पनि पढ्नुहोस्ः   सिटी दोश्रो स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :