काठमाण्डौ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दुइ खेल हुँदैछन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रदेश १ र कर्णाली प्रदेश खेल्दैछन् भने मुलपानी क्रिकेट मैदानमा प्रदेश २ ले बागमति प्रदेशको सामना गर्देछ ।
टियु क्रिकेट मैदानमा हुने खेलको केहीबेर अघि सम्पन्न टस जित्दै प्रदेश १ ले ब्याटिङ्ग गरिहेको छ ।
यसअघि खेलेको तीनवटै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश १ आजको खेल जित्दै प्रतियोगितामा सुखद अन्त्यको खोजिमा रहेको छ ।
यता प्रतियोगिताको अघिल्लो चरण पुग्ने झिनो आशमा रहेको कर्णाली आजको खेल कुनै पनि हालतमा जित्न चाहन्छ ।
प्रदेश १ सिद्धान्त लोहनीको कप्तानी खेलिरहेको छ भने कर्णाली प्रदेश रविन्द« शाहीको कप्तीनमा मैदानमा उत्रेको छ ।
प्रदेश १ अंकविहिन रहँदै समूह ए को पुछारमा छ भने २ खेलमा २ अंक जोडेको कर्णाली तेश्रो स्थानमा छ ।
यता मु्लापनी क्रिकेट मैदानमा बागमितबिरुद्धको खेलमा प्रदेश २ ले टस जितेर ब्याटिङ्ग गरिरहेको छ ।
समूह बि अन्तर्गतको खेलमा बागमति लगातार तेश्रो जितको खोजिमा रहनेछ भने प्रदेश २ पहिलो जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ ।
ज्ञानेन्द« मल्लको कप्तानीमा रहेको बागमति समूह बि मा ४ अंकसहित शिर्ष स्थानमा छ भने सुरज कुर्मिको कप्तानीमा रहेको प्रदेश २ पहिलो खेलमा हारेको कारण दोश्रो खेलमा जित निकाल्ने दाउँमा हुनेछ ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ ।
समूह चरणबाट शिर्ष दुई टिम अन्तिम चारमा पुग्नेछन् ।
खेलहरु किर्तिपुरको टियु मैदान र मुल्पानीस्थित क्यानको मैदानमा हुनेछन् ।
यो पनि पढ्नुहोस् : पारस,करण र कुशल टि १० लिग खेल्न युएइ प्रस्थान