शुरुवाती २ टेस्टका लागी ईङ्गल्याण्ड टोलि घोषणा

ईङ्गल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले भारतको बिरुद्धको टेस्ट श्रृंखलाका लागी टोलि घोषणा गरेको छ ।

बोर्डले भारतबिरुद्धको शुरुवाती २ टेस्ट खेलका लागी १६ सदस्य टोलि घोषणा गरेको हो । साथै बोर्डले ६ जना खेलाडीहरुलाई रिजर्बमा राखेको छ ।

ईङ्गल्याण्डको टोलिमा फास्ट बालर जोफ्रा आर्चर र आलराउण्डर बेन स्टोक्सले पुनःआगमन गरेका छन् । दुबैलाई श्रीलंकाको भ्रमणबाट आराम दिईएको थियो । यस्तै रोरी बन्र्स पनी टिममा फर्किएका छन् भने अनुभवी विकेटकीपर ब्याट्सम्यान जोनी बेयरस्टोलाई आराम दिएको छ ।

सेप्टेम्बरमा पाकिस्तानबिरुद्धको टेस्ट श्रृंखलाका दौरान काँधमा चोट लागेका ओली पोप फिटनेस टेस्टमा सफल भए भारत भ्रमणमा आउने छन् ।

बोर्डले बेयरस्टो, साम करन र मार्क वुडलाई आराम दिएको छ ।

ईङ्गल्याण्डका विकेटकीपर ब्याट्सम्यान जोस बटलर पहिलो टेस्ट पछि ईङ्गल्याण्ड फर्किने छन् । उनको स्थानमा बेन फक्सले दोस्रो टेस्टमा विकेटकीपीङ्ग गर्ने छन् ।

विश्वकै सबैभन्दा बढी विकेट लिने सक्रिय दुई खेलाडीहरु जेम्स एण्डरसन रस्टुअर्ट ब्रड टिममा हुन् । मोईन अली (अफ स्पिनर), डोम बेस (अफ स्पिनर) र ज्याक लीच (बायाँ हात ओर्थोडोक्स) स्पिन बलिङ्गको जिम्मेवारी दिईएको छ । कप्तान जो रूट ईङ्गल्याण्डका लागी मुख्य ब्याट्सम्यान हुने छन् ।
४ टेस्ट र ५ टि २० खेलको श्रृंखलाका लागी ईङ्गल्याण्ड यसै फेब्रुअरीमा भारत भ्रमण गर्दै छ । दुई देश बिचको टेस्ट श्रृंखला ५ फेब्रुअरीबाट शुरु हुदै छ ।

भारतबिरुद्धको शुरुवाती २ टेस्ट खेलका लागी ईङ्गल्याण्ड टोलि
जो रूट (कप्तान), जोफ्रा आर्चर, मोइन अली, जेम्स एण्डरसन, डोम बेस, स्टुअर्ट ब्रोड, रोरी बन्र्स, जोस बटलर, ज्याक क्रोली, बेन फक्स, ड्यान लोरेन्स, ज्याक लीच, डोम सिब्ली, बेन स्टोक्स, ओली स्टोन र क्रिस वोक्स

रिजर्भ खेलाडीहरुः जेम्स ब्रेसि, म्यासन क्रेन, साकीब मेहमूद, म्याथ्यू पार्किन्सन, ओली रबिन्सन, र अमर विर्डी

यो पनि पढ्नुहोस् : सन्दिप अन्तिम ११ मा हुरिकेन्सले बलिङ्ग गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :