एन्फा फुटसल कमिटिको लोगो डिजाइनरलाई ३० हजार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल कमिटि र फुटसल लिगको प्रतीक चिन्ह (लोगो) बनाउन खुल्ला दर्खास्त आह्वान गरेको छ ।

एन्फाले सोमबार एक सूचना प्रकाशित गर्दै लोगो बनाउनको लागि खुल्ला दर्खास्त आह्वान गरेको हो ।

एन्फाले लोगो डिजाइनको लागि निश्चित मापदण्ड तोकेको छ ।

प्रकाशित सूचना अनुसार लोगो डिजाइन कर्ताले बनाइएको लोगोमा जीवन्त,आकर्षक हुनुको साथै फुटसलको प्रतीक समेत झल्कनु पर्नेछ ।

साथै लोगो अन्तराष्ट्रिय स्तरको हुनु पर्नेछ भने कपीराइट लाग्ने कुनै पनि कुरा प्रयोग गर्न पाइन छैन । डिजाइन गरिसकेको लोगो उच्च क्वालिटीको हुनुपर्नेछ र वाटरमार्क प्रयोग नगरीएको हुनुपर्नेछ ।

एन्फाले एन्फा फुटसल लोगो डिजाइनको लागि फेब्रुअरी १५ सम्मको समय तोकेको छ ।

एन्फाले फेब्रुअरी १५ भित्र आएको मध्ये उत्कृष्ट एक लोगोलाई छनोट गर्नेछ । जुन लोगो एन्फाले आधिकारिक रुपमा प्रयोग गर्नेछन् ।

एन्फाले फुटसल कमिटिको लोगो बनाउनेलाई ३० हजार रुपैयाँ दिनेछ भने फुटसल लिगको लोगो बनाउनेलाई २५ हजार दिनेछ ।

यो पनि पढ्नुहोस् : हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :