काठमाण्डौं । राष्ट्रिय महिला लिग फुटबलमा मंगबलार दुई खेलहरु हुने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय महिला लिग अन्तर्गत आज पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्लबले स्याङ्गजाको वालिङ्ग नगरपालिकासँग खेल्नेछ भने दोश्रो खेलमा दुइ विभागिय टिम एपीएफ क्लब र त्रिभुवा आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
आजको पहिलो खेलमा पुलिस प्रतियोगिताको दोश्रो जितको खोजिमा रहनेछ भने वालिङ्ग पहिलो जित निकाल्ने दाउँमा हुनेछ ।
पुलिसले प्रतियोगिताको उद्घाटन खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको थियो भने दोश्रो खेलमा उदरयपुरको चौदण्डीगढी नगरपालिकामाथि ६–० गोल अन्तरको विशाल जित दर्ता गरेको थियो ।
दुइ खेलमा ४ अंक जोडेको पुलिस अंकतालिकाको तेश्रो स्थानमा रहेको छ ।
यस्तै पहिलो खेलमा मोरङ्गको बिराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको वालिङ्गले दोश्रो खेलमा आर्मीसँग ७–० गोल अन्तरको हार बेहोरेको थियो ।
यता आजै हुने दोश्रो खेलमा लिगका दुई बलिया दोबदार एपीएफ र आर्मी आमने सामने हुनेछन् ।
यी दुइबिचको खेलमा दिउँसो २:३० बजेबाट शुरु हुनेछ ।
एपीएफ लिगमा लगातार तेश्रो जितको खोनिमा हुनेछ भने आर्मी दोश्रो जितको लागि मैदानमा उत्रनेछ ।
एपीएफले पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकामाथि ६–० गोल अन्तरको जित दर्ता गरेको थियो भने दोश्रो खेलमा बिराटनगर महानगरपालिकालाई ७–० गोलको फराकिलो अन्तरले पाखा लगाएको थियो ।
यस्तै आर्मीले पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको थियो भने दोश्रो खेलमा वालिङ्गमाथि ७–० गोल अन्तरको शानदार जित निकालेको थियो ।
एपीएफ दुइ खेलमा जित निकाल्दै ६ अंकका साथ शिर्ष स्थानमा छ भने आर्मी ४ अंकका साथ दोश्रो स्थानमा छ ।




