बिग ब्यास लिग (बीबीएल) अन्तर्गत मंगलबार नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध होबार्ट हुरिकेन्सले मेलबोर्न रेनेगेड्सबिरुद्ध टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ ।
मेलबोन क्रिकेट मैदान मेलबोनमा हुरिकेन्सका कप्तान म्याथ्यू वेडले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेका हुन् ।
समूह चरणको आफ्नो अन्तिम खेल खेलिरहेका दुबै टिम मध्य रेनेगेड्स यस अघीनै प्रतियोगिताबाट बाहिरी सक्यो भने हुरिकेन्सले जित निकाले प्लेअफमा स्थान बनाउने छ ।
बीबीएलको जारी १० औं संस्करणको प्लेअफमा पुगे होबार्ट हुरिकेन्सले लगातार चौथो पटक अघिल्लो चरणमा स्थान बनाउने छ ।
आफ्नो अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ७ रनले पराजित गरेको हुरिकेन्स उच्च मनोबलका साथ मैदान उत्रने छ ।
म्याथ्यू वेडको कप्तानिमा मैदान उत्रने हुरिकेन्सले आफ्नो अन्तिम ११ मा कुनै परिवर्तन गरेको छैन । हुरिकेन्सको अन्तिम ११ मा सन्दीपले स्थान बनाएका छन् ।
यस संस्करणको आफ्नो ८ औं खेल खेलिरहेका सन्दीपले ८ विकेट हात पारेका छन् । सन्दीपको प्रदर्शन रेनेगेड्सबिरुद्ध पनि महत्वपूर्ण रहने आशा गरिएको छ ।
यो पनि पढ्नुहोस् : श्रीलंकाबिरुद्धको टेष्ट श्रृंखला इङ्गल्याण्डद्वारा क्लिन स्विप
हुरिकेन्सको अन्तिम ११ :





