एएफसी द्वारा यू १६ र यू १९ च्याम्पियनशिप रद्द

एशियन फुटबल महासंघ (एएफसी) ले एएफसी यू १६ च्याम्पियनशिप र एएफसी यू १९ च्याम्पियनशिप रद्द गरेको छ ।

एएफसीले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता रद्द गरेको बताएको हो ।

विश्व फुटबलको परिचायक निकाय फिफाले यू १७ विश्व कप र यू २० विश्व कप स्थगित गर्ने निर्णय गरेसँगै एएफसीले पनी उमेर समूहका विभिन्न च्याम्पियनशिप रद्द गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण बढेको अनिश्चितता र जोखिमलाई ध्यानमा राख्दै सबै सरोकारवालाहरूको हितको रक्षा गर्न प्रितियोगिताहरू रद्द गर्ने निर्णय गरेको एएफसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एएफसी यू १६ च्याम्पियनशिप बहराईन र एएफसी यू १९ च्याम्पियनशिप उज्बेकिस्तानमा आयोजना गर्ने तालिका थियो ।

एएफसीले दुबै प्रतिस्पर्धाको अर्को संस्करण २०२३ मा आयोजना गर्ने जनाएको छ ।

यस्तै एफसीले एएफसी फुटसल च्म्पियनशिप र एएफसी बीच सकर एशियन कप समेत रद्द गरेको छ ।

एएफसी फुटसल च्म्पियनशिप कुवेत र एएफसी बीच सकर एशियन कप थाईल्याण्डमा आयोजना गर्ने तालिका थियो ।

एएफसी फुटसल च्म्पियनशिपको अर्को संस्करण २०२२ मा कुवेतलेनै आयोजना गर्ने छ भने एएफसी बीच सकर एशियन कपको अर्को संस्करण थाईल्याण्डले २०२३ मा आयोजना गर्ने छ ।

एएफसीका महासचिव डाटो विन्डसर जोनले भने ‘बर्तमान परिस्थितीलाई बुझेर यी प्रतियोगिताहरू रद्द गर्न आयोकहरुले दिएको समर्थनले हामी आभारी छौ ’ ।

यस्तै एफसीले एफसी यू २० महिला एसिया कप २०२२ क्वालिफाइ चरण र एएफसी यू १७ महिला एसियाली कप २०२२ क्वालिफाइ चरणका खेल तालिका समेत संशोधन गर्दै परिमार्जित नयाँ तालिका घोषणा गरेको छ ।

यो पनि पढ्नुहोस् : एफए कपः टोटनहम पाँचौ चरणमा प्रवेश

परिमार्जित नयाँ तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :