टेस्ट च्याम्पियनशिपको फाईनल आठ दिन ढिला गरि खेलिने

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) फाईनलको मिति संशोधन गरेको छ ।

आईसीसीले च्याम्पियनशिपको फईनल खेललाई पूर्व निर्धारित तालिका भन्दा ८ दिन ढिला गरि आयोजना गर्ने निर्णय गरेको छ ।

इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणलाई ध्यानमा राख्दै विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को पहिलो संस्करणको फाइनल खेल आठ दिन पछी सारिएको आईसीसी ले जनाएको छ । यद्यपी आईपीएल २०२१ को खेल तालिका हाल सम्म जारी गरिएको छैन ।

नयाँ तालिका अनुसार विश्व टेस्ट च्याम्पियनशिपको फाईनल १८ देखी २२ जुन बिच लण्डनको ऐतिहासिक लाड्र्स मैदानमा खेलाईने छ ।

यस अघी फाईनल खेल १० देखी १४ जुन बिच खेलाईने तालिका थियो ।

विश्व टेस्ट च्याम्पियनशिपको फाईनलमा स्थान बनाउन भारत , न्यूजील्याण्ड अष्ट्रेलिया बिच कडा प्रतिस्पर्धा देखिएको छ । ईङ्गल्यण्डले पनी विश्व टेस्ट च्याम्पियनशिपको फाईनलमा स्थान बनाउन सक्ने छ ।

च्याम्पियनशिपको अंकतालिकामा ४३० अंक र ७१ दशमलव ७ जित प्रतिशत सहित भारत शिर्ष स्थनमा छ । दोस्रो स्थानको न्यूजील्याण्डको ४३० अंक र ७० जित प्रतिशत रहेको छ । अष्ट्रेलिया ३३२ अंक र ६९ दशमलव २ जित प्रतिशत सहित तेस्रो स्थानमा छ । यस्तै चौथो स्थानमा रहेको ईङ्गल्यण्डको जित प्रतिशत अष्ट्रेलियाको भन्दा ० दशमलव ५ प्रतिशतले कम छ ।

यो पनि पढ्नुहोस् : समूह चरणको अन्तिम खेलमा पराजित हुरिकेन्स प्लेअफ पुग्न असफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :