लिग चरणको अन्तिम खेलमा सन्दिप विकेट विहिन

बिग ब्यास लिग (बीबीएल) अन्तर्गत मंगलबार जारी आफ्नो लिग चरणको अन्तिम खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने विकेट विहिन बनेका छन् ।

लिग चरणको आफ्नो अन्तिम खेलमा मेलबोर्न रेनेगेड्सबिरुद्ध आफ्नो ४ ओभरको पुरै कोटा बलिङ्ग गरेका सन्दिप लामिछाने ले ८ दशमलव ७५ को ईकोनोमीले बलिङ्ग गर्दै २ छक्का दिएर ३५ रन दर्च गर्दा विकेट विहिन बनेका हुन् ।


उनले आफ्नो पहिलो ओभरमा ७ रन , दोस्रो ओभरमा ८ रन , तेस्रो ओभरमा ५ रन र अन्तिम ओभरमा १५ रन खर्च गरेका हुन् ।


उनलाई अन्तिम ओभरमा म्याकेन्जी हार्वेले २ छक्का प्रहार गरेका थिए ।

हुरिकेन्स मेलबोर्न रेनेगेड्सबिरुद्ध टस जितेर बलिङ्ग गरिरहेको छ ।


समूह चरणको आफ्नो अन्तिम खेल खेलिरहेका दुबै टिम मध्य रेनेगेड्स यस अघीनै प्रतियोगिताबाट बाहिरी सक्यो भने हुरिकेन्सले जित निकाले प्लेअफमा स्थान बनाउने छ ।

यो पनि पढ्नुहोस् : समूह चरणको अन्तिम खेलमा पराजित हुरिकेन्स प्लेअफ पुग्न असफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :