चौघडा तेक्वान्दो दोजाङलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को सहयोग

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालयले चौघडा तेक्वान्दो दोजाङलाई तेक्वान्दो खेल सामग्री हस्तान्तरण गरेको छ ।

मकवानपुर तेक्वान्दो संघको पहलमा चौघडाको बंशगोपाल माविको प्राङ्गणमा तेक्वान्दो प्रशिक्षण गराउँदै आएका दिलिप राजथलालाई ३५ हजार बराबरको चेस्ट गार्ड, हेड गार्ड, किकिङ प्याड लगायतको सामग्री हस्तान्तरण गरिएको हो ।

हेटांैडा उपमहागनरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईँ वडा सचिव, सदस्यहरुको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्रचार्य, सचिव विक्रम लामिछाने लगायतको पनि उपस्थिति रहेको थियो ।

तेक्वान्दो संघका अध्यक्ष बज्राचार्यले सहयोग गरेकोमा वडा कार्यालयप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले खेल क्षेत्रलाई ठूलो टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :