अनमोल स्मृति बास्केटबल शुक्रबार

काठमाडौं । प्रोफेसनल एजुकेसनल अनमोल स्मृति पुरुष खुला थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रोफेसनल एजुकेसनल कन्सल्टेन्सीको आयोजनामा हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने ।

एकदिने प्रतियोगिताका खेलहरु चण्डोलस्थित बिशाल मिलन केन्द्रको कोर्टमा हुने छ । विजेता र उपविजेतालाई नगद पुरस्कार तथा ‘मोस्ट भेलुएबल प्लेयर’ का लागि गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।

स्व. अनमोल कुलुङ राई बास्केटबलका निर्णायक र प्रशिक्षक थिए । उनले लामो समय ज्ञानोदय माविमा बास्केटबल प्रशिक्षकका रुपमा कार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :