शनिबार हुने १५ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा

पोखरा । १५ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको संस्था भूतपुर्व खेलाडी मञ्च नेपालको आायोजनाामा फागुन १ गते अथात् शनिबार हुने प्रतिगोगिताको तयारी पुरा भएको मञ्चले जानकारी गराएको हो ।

आयोजकका अनुसार म्याथनमा १ सय ५७ जना धावकहरु सहभागि हुने भएका छन् ।

यस्तै महिला तर्फको हाप म्याराथनमा २५ भन्दाबढि धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।

गत वर्षका प्रतियोगिताहरु विदेशी खेलाडीरु पनि सहभागी हुँदै आएकोमा यस वर्ष भने कोरोनाका कारण विदेशी खेलाको सहभागीता रहने सम्भावना नभएको मञ्चले जनाएको छ ।

कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रर्वद्धन गर्न र सफल पोखरा म्याराथनलाई निरन्तरता दिन पनि यस बर्ष उक्त प्रतियोगितामा सके सम्मको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने भएको अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ र चौंथो हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाण—पत्र प्राप्त गर्नेछन् ।

नेपाल पर्यटन वोर्डको प्रर्वद्धनमा संचालन हुने उक्त प्रतियोगिताले पोखराको खेलपर्यटनलाई समेत प्रर्वद्धन उद्देश्य राखिएको छ ।

शनिबार विहान ७ः०० बजे पोखरा रंगशालाबाट सुरु भई छोरेपाटन, लेकसाइड, भिमकालिपाटन, इन्जिनीयरिङ कलेज मध्यमपथ हुदै बगर, नारायणथान पुल हुदै सितलादेवि, मियापाटन, चाउथे, भोटेचौचारा मझेरीपाटन रामबजार हुदै रंगशालासम्मको रुट तय गरिएको छ ।

महिला धावकहरुलाई समेत प्रोत्साहन हुने गरी यस बर्ष देखि हुन लागेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितामा विहिबारसम्म १९ जना प्रतियोगिहरुले सहभागिता जनाउने गरी नाम दर्ता गरेको मञ्चले जनाएको छ ।

महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने छन् ।

कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ । त्यसै १० किलोमिटर महिला तथा पुरुष तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र–छात्रा दौड प्रतियोगिता र रन फन फन समेत हुने भएको मञ्चका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाटले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दुधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए ।

त्यसै गरी प्रतियोगितालाई सफल पार्न तीनै तहका सरकारले सहयोग गरेको गुरुङले जनाए । उनका अनुसार संघिय सरकार अन्र्तगत युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट उक्त प्रतियोगिताको लागि १०–१० लाख रुपैया विनियोजन भएको छ ।

पोखरा म्याराथनको मुख्य प्रायोजन सफल दुधले गरिरहेको छ भने अन्तर्राष्ट्रिय पार्टनरका रुपमा पोखरेली मञ्च युके र प्रर्वद्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ ।
तस्विर : सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :