इन्डोर म्याराथमा नयाँ कीर्तिमान स्थापित

बेलायतका इलियट गिल्स टोरुनले ८ सय मिटर इन्डोर म्याराथमा नयाँ कीर्तिमान स्थापित गरेका छन् ।
पोल्याण्डमा सम्पन्न वल्र्ड इनडोर टुरमा टोरुनले नयाँ कीर्तिमान स्थापित गरेका हुन् ।

१ मिनट ४३ दशमलव ६३ सेकेण्टमा पुरा गर्दै इन्डोर म्याराथलाई दोस्रो सबै भन्दा छिटो पुरा गरेका हुन् ।
साथै उनी बेलायतका सबै भन्दा छिटो इन्डोर म्याराथ पुरा गर्ने धावक बनेका छन् ।

उनले जेमी वेबलाई हराउदै ८ सय मिटर इन्डोर म्याराथमा स्वर्ण जितेका हुन् । वेबले म्याराथ पुरा गर्न १ मिनट ४४ दशमलव ५४ सेकेण्ट समय लगाएका थिए ।

यस अघी ब्रिटिश रेकर्ड सेबेस्टियन कोईको नाममा रहेको थियो उनले कीर्तिमान १९८३ मा स्थापित गरेका थिए ।

८ सय मिटर इन्डोर म्याराथ सबै भन्दा कम समयमा पुरा गर्ने विश्व कीर्तिमान भने विल्सन किप्केटरको नाममा रहेको छ ।

नेदरल्याण्डका किप्केटरले १ मिनट ४२ दशमलव ६७ सेकेण्टमा ८ सय मिटर इन्डोर म्याराथन पुरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :