कुस्तीकी संगिता महिलातर्फको राइजिङ प्लेयर अफ दि इयर

भक्तपुर । नेपाली राष्ट्रिय कुस्ती खेलाडी संगिता धामी १५औं संस्करणको एनएनआइपीए स्पोर्टस् अवार्डको महिला तर्फको राइजिङ प्लेयर अफ दि इयर बनेकी छिन् ।

संगिता राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले शनिबार भक्तपुर जिल्लाकोे मध्यपुर थिमि नगरपालिकाको निगु पुखुमा आयोजनामा गरेको १५औं संस्करणको एनएनआइपीए स्पोर्टस् अवार्डमा महिला तर्फको राइजिङ प्लेयर अफ दि इयर घोषित भएकी हुन् ।

राइजिङ प्लेयर अफ दि इयर बनेसँगै संसगताले ट्रफिसहित नगद रु. ५० हजार प्राप्त गरेकी छिन् ।

संगिताले गत वर्ष घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (सागमा) कुस्तीबाट नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिईन् ।

यो पनि पढ्नुहोस् : गौरिका र मन्डेकाजी सर्वोत्कृष्ट वर्ष खेलाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :