रविन्द्रलाई स्वर्ण

काठमाडौं । नेपालका रविन्द्र मानन्धरले दोश्रो अन्तराष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेष्टान कप २०२१ को भेट्रान्स १ बिमा स्वर्ण हात पारेका छन् ।

इरान कराते अनलाईन काता च्याम्पियनसिपमा मान्धरले आयोजक ईरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा आयोजक ईरानका रहमत नजारी र इन्डोनेसियाका अहमद जाकी रहे ।

यस्तै महिला सिनियर तर्फ रिना श्रेष्ठले स्वर्ण हात पारिन् । उनले मलेसियाकी साम हियाङ्ग फोङ्गलाई पराजित गरेकी थिईन् ।

पुरुष सिनियर तर्फ नेपालका खेलाडी सुभाष कार्की बेल्जियमका खेलाडी अलेक्जेन्डर लेब्रन संग पराजित हुँदै रजतमा खुम्चिए । राजकुमार श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । भेट्रान १ ए तर्फ मदन महर्जनले कास्य प्राप्त गरे ।

यस्तै महिला जुनियर तर्फ सन्जु देशारले रजत पाईन् । देशार आयोजक ईरानकी फैजेअ ताजारीसंग पराजित भएकी थिईन् । महिला क्याडेट तर्फ खुशी अधिकारीले कास्य पाईन् ।

प्रतियोगितामा बिभिन्न राष्ट्रका २०० खेलाडीहरुले सहभागिता जनाएको प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।

यो पनि पढ्नुहोस् : दीपक प्रिक्वाटरफाइनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :