इन्डोर हर्डल्स रेसमा नयाँ विश्व किर्तिमान

ग्रान्ट होलोवेले इन्डोर हर्डल्स रेसमा नयाँ विश्व किर्तिमान स्थापीत गरेका छन् ।

स्पेनको म्याड्रिडमा जारी वल्र्ड इनडोर टुर अन्तर्गत ६० मिटर हर्डल्स रेस ७ दशमलव २९ सेकेन्डमा पुरा गर्दै होलोवेले नयाँ विश्व किर्तिमान स्थापीत गरेका हुन् ।

अमेरिकी ग्रान्ट होलोवेले नयाँ विश्व किर्तिमान स्थापीत गर्ने क्रममा वेलायतका वेल्शम्यान कोलिन ज्याक्सनको किर्तिमान भङ्ग गरेका हुन् ।

यस अघी ज्याक्सनले ६० मिटर हर्डल्स रेस ७ दशमलव ३० सेकेन्डमा पुरा गरेका थिए ।

२३ वर्षीय होलोवे विश्व च्याम्पियन होलोवे यसै बर्षको ९ फेब्रुअरीमा लाइभिनमा सम्पन्न ६० मिटर ईन्डोर हडल रेसमा विश्व किर्तिमान स्थापीत चुकेका थिए ।

यो पनि पढ्नुहोस् : आर्सनल र बेन्फिका खेल्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :