कोरोनाका कारण शुटिङ्ग विश्वकप स्थगित

कोरोना माहामारीका कारण आइएसएसएफ शुटिङ्ग विश्वकप स्थगित गरिएको छ ।

अन्तर्राष्ट्रिय शुटिङ्ग खेलकुद संघ (आईएसएसएफ) ले एक विज्ञप्ति जारी गर्दै विश्वकप स्थगित गरिएको जनाएको हो ।

यसै बर्षको अप्रिल १६ देखि २७ सम्म कोरियाको चांगवानमा आयोजना गरिने तालिका रहेको प्रतियोगिता स्थगित गरिएको हो ।

कोरोना महामारीको रोकथामका लागि कोरिया सरकारले आफ्नो देशमा आउने सबै जनालामई १४ दिनको क्वारेण्टिन बस्नु पर्ने निएम बनाएपछी प्रतियोगिता स्थगित गरिएको हो ।

सम्वन्धित राष्ट्रहरु र कोरिया शुटिङ्ग संघले क्वारेण्टिन खर्च बेहोर्न नसक्ने बताएको र आईएसएसएफसँग समेत भरफुर फण्ड नभएको भन्दै प्रतियोगिता स्थगित गरिएको आईएसएसएफले जनाएको छ ।
प्रतियोगिता स्थगित गरिएको र यसको नयाँ मिति चाडै घोषणा गरिने समेत आईएसएसएफले जनाएको छ ।

१४ दिनको क्वारेण्टिन बस्नु पर्ने निएमकै कारण यस अघीनै भारत लगाएतका देशहरुले विश्वकपबाट आफ्नो नाम फिर्ता लिईसकेका थिए ।

यो पनि पढ्नुहोस् : सन्दिपले गरे रासिद खानलाई प्रतिस्थापन, पीएसएल खेल्न पाकिस्तान प्रस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :