प्रधान सेनापति म्याराथनः कृष्ण र पुष्पालाई उपाधी

छैठौं संस्करणको प्रधान सेनापति खुल्ला म्याराथनमा पुरुषतर्फको उपाधि नेपाली सेनाका कृष्णबहादुर बस्नेतले जितेका छन् ।

बस्नेतले ४२ किलोमिटरको दुरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् ।

यस्तै म्याराथनको दोस्रो स्थानमा भारतीय सेनाका तीर्थकुमार पुन आए । उनले निर्धारित दुरी २ घण्टा २२ मिनेट २२ सेकेण्ड लगाएर दुरी पुरा गरेका थिए ।

यस्तै तेस्रो स्थनामा आएका होमलाल श्रेष्ठले ४२ किलोमिटरको दुरी पुरान गर्न २३ मिनेट ३२ सेकेण्ड समय लगाए होमलाल नेपाली सेनाका धावक हुन् ।

२ घण्टा २२ मिनेट २२ सेकेण्ड लगाएर दुरी पुरा गरेका थिए ।

नेपाली सेनाका मुख्यालय भद्रकालीबाट सुरू भएको म्याराथन थापाथली, माइतिघर, बानेश्वर, केटेश्वर हुदै जगातीबाट फर्किएर सानो ठिमीबाट पेप्सिकोला, कोटेश्वरबाट एयरपोर्ट गौशाला, चाबहिलबाट महाराजगञ्ज हुँदै लैनचौर, घण्टाघर हुँदै भद्रकालीमा आएर समाप्त भएको थियो ।

यस्तै हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाकै राजेन्द्र राई पहिलो भए । उनले निर्धारित दुरी एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पुरा गरे । यस्तै दोस्रो स्थानमा आएका सेनाकै राजन रोकायाले निर्धारित दुरी ७ मिनेट ११ सेकेण्डमा पुरा गरे । तेस्रोमा रहेका नरेन्द्र रावलले दुरी एक घण्टा ८ मिनेट ४८ सेकेण्डमा पुरा गरे ।

हाफ म्याराथनको महिलातर्फ सशस्त्र प्रहरी वलका पुष्पा भण्डारी पहिलो भइन । उनले निर्धारित दुरी एक घण्टा १७ मिनेट ३३ सेकेण्डमा पुरा गरिन् ।

त्यस्तै दोस्रो स्थानमा आएकी नेपाली सेनाकी विश्वरुपा बुढाले म्याराथनको दुरी एक घण्टा २० मिनेट ९ सेकेण्डमा दुरी पुरा गरिन ।

एपीएफकी विन्द्रा धनके श्रेष्ठ तेस्रो भइन् । उनले दुरी एक घण्टा २४ मिनेट ४६ सेकेण्डमा पुरा गरिन ।

म्याराथनको विजेताले ३ लाख नगद प्राप्त गरे भने दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ प्रस्कार प्रामप्त गरे ।

साथै पुरुष म्याराथनको विजेताले एक थान यामाहा मोटरसाइकल समेत प्रदान गरिएको छ ।

यस्तै हाफ म्याराथनको विजेतामा महिला र पुरुष दुबैको विजेताले ७५ हजार रुपैयाँ पाउँदा दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पाए ।

महिला हाफ म्याराथनको विजेताले उपहार स्वरुप स्कुटर समेत प्रप्त गरे ।

यो पनि पढ्नुहोस् : खुमलटारलाई शीर्ष स्थानको सातदोबाटोसँग अंक दुरी बराबरी गर्ने मौका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :