अन्तर्राष्ट्रिय जुनियर कराँते २८ गते देखि

काठमाडौं। नेपाल सितोरियो कराते संघ ठमेल शाखा डोजोको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता हुने भएको छ । दुई दिने प्रतियोगिता फाल्गुन २८ गते देखि संचालन हुने डोजो प्रमुख सन्तोष श्रेष्ठले जानकारी गराएका छन् ।

काठमाण्डौंको लैनचौर स्थित टेबल टेनिस कभर्डहलमा हुने प्रतियोगिता नेपालका ४ सय खेलाडी ,भारतका १ सय ८० जना खेलाडी र बंगलादेश १० जना खेलाडीको सहभागिता रहने प्रमुख श्रेष्ठले बताए ।

प्रतियोगितामा अफिसियल करातको कुमुतेतर्फ महिला र पुरुषका २० केजी तौल समूह देखि ६५ केजी तौल समूह सम्म १०–१० इभेन्ट समाबेश गरिएको छ । त्यस्तै किक बक्सिङतर्फ ५० केजी देखि ६० केजीसम तीन–तीन इभेन्ट समाबेश गरिएको छ ।

प्रतियोगिताको दौरान वडा २६ अन्तर्गतका अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :