अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईसीसले गर्यो महिला क्रिकेट प्रतियोगिताहरु विस्तार गर्ने घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२३ मा महिला क्रिकेट चक्र पछि महिला क्रिकेट प्रतियोगिताहरु विस्तार गर्ने घोषणा गरेको छ ।

आईसीसीले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार २०२३ चक्र पछि महिला क्रिकेट प्रतियोगिताहरु विस्तार गर्ने घोषणा गरेको हो ।

यो संगै २०२५– २६ महिला टि २० विश्व कप र एकदिवसिय विश्व कप पछी अधिक राष्ट्रहरुलाई विश्व कपमा सामेल गर्ने आईसीसीको तयारी छ ।

यस दैरान २०२५ र २०२९ मा महिला एकदिवसिय विश्व कप आयोजना गरिने छन् ।

२०२५ विश्व कपमा कुल ८ टिमहरुले सहभागिता जनाउने छन् भने कुल ३१ खेलहरु खेलाईने छन् ।


यस्तै २०२९ विश्व कपमा कुल १० राष्ट्रले सहभागिता जनाउने छन् भने कुल ४८ खेलहरु खेलाईने छन् ।

यस्तै २०२६, २०२८ र २०३० महिला टि २० विश्व कपमा १२ टिमले सहभाथिता जनाउने छन् । जसमा कुल ३३ खेल आयोजना गरिने छन् ।

यस्तै आईसीसीले पहिलो पटक महिला च्याम्पियन कप समेत आयोजना गर्ने योजना अघी बडाएको छ ।


२०२७ मा पहिलो पटक आयोजना गरिने प्रतियोगितामा ६ राष्ट्रले सहभागिता जनाउने छन् भने कुल १६ खेलहरु खेलाईने छन् । यस्तै २०३१ च्याम्पियन कपमा पनी समान टिमले समान खेल खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :