सुवास र तारादेवी स्ट्रङगेष्ट खेलाडी

राजविराज । प्रथम देवसुन्दर यादव राष्ट्रिय महिला तथा पुरुष खुल्ला भारोत्तोलन प्रतियोगितामा पुरुषमा सुवास उपाध्याय र महिलातर्फ तारादेवी पुन स्ट्रङगेष्ट खेलाडी घोषित भए ।

राजविराजमा सोमबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कञ्चनपुरका १ सय ९ तौल समूहका सुवास उपाध्यय र महिलातर्फ तारादेवी पुन स्ट्रङगेष्ट खेलाडी भएका हुन् ।

स्ट्रङगेष्ट खेलाडी बनेका दुबैले समान ५–५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ ८१ केजी तौल समूहमा विकास थापा, १ सय ९ माथि केजी तौल समूहमा राजिव महर्जन, १ सय २ केजी तौल समूहमा सागर भण्डारी, ९६केजी तौल समूहमा विशाल सिंह विष्टले स्वर्ण पदक दिलाए ।

६७ केजी तौल समूहमा प्रकाश केसीले स्वर्णपदक, ६१ केजी तौल समूहमा मुई लामा, ५५ केजी तौल समूहमा गणेश रानाभाट र ५५ केजी तौल समूह जुनियरतर्फ लालबाबु पाष्वान रजत पदक जितेका थिए ।

यस्तै महिलातर्फ तारादेवी पुनले ८७ केजी तौल समूहमा स्वर्णपदक जितिन् ।

५९ केजी तौल समूहमा देवी चौधरी, ७१ केजी तौल समूहमा जुनुमायाँ छन्त्याल, ८१ केजी तौल समूहमा जानकी बुढा, ४९ केजी तौल समूहमा संगिता राईले स्वर्णपदक जिते ।

यस्तै, ७६ केजी तौल समूहमा पुजा कुमाल, ५५ केजी तौल समूहमा टीकामायाँ गुरुङ, ४५ केजी तौल समूहमा हीरा मोती थारु, ८७ माथि केजी तौल समूहमा सुधा थापाले स्वर्णपदक जिते । ७६ केजी तौल समूहमा विद्या राईले रजत जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :