वडा ५ लाई स्वर्ण

काठमाडौं।भक्तपुर नगरपालिका वडा ५ ले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा मंगलबार स्वर्ण जितेको छ ।

स्पिन इभेन्ट्स प्रा।लि। को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित गर्यो । काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्ट्समा ललितपुर महानगरपालिका वडा १९ले सोही नगरपालिका वडा ८ लाई ३–२, धरान उपमहानगरपालिका वडा ९ ले ललितपुर वडा ७ लाई ३–१, धरान वडा १२ ले भक्तपुर वडा ५ लाई ३–२ तथा विराटनगर महानगरपालिका वडा ३ ले ललितपुर वडा १२ लाई ३–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :