पारा तेक्वान्दो खेलाडीलाई खेलसामाग्री

काठमाडौं । नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो खेलाडीलाई खेल सामाग्री प्रदान गरेका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमका बीच तीन जना खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो । दुई खेलाडी अनीषा वाइबा र विशाल गर्बुजालाई दोबक, सिन गार्ड र ह्यान्ड गार्ड प्रदान गरिएको थियो ।

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका पूर्वसदस्य रन्जन श्रेष्ठले पाराका दुई खेलाडी र जुनियर राष्ट्रिय खेलाडी श्रृष्टि सुन्दासलाई कुँवरको तर्पmबाट खेल सामाग्री हस्तान्तरण गरेका थिए । विशाल आगामी जेठ २ गते जोर्डन आयोजना हुने पारा ओलम्पिकको छनोट खेल र वैशाख ७ मा लेबनानमा हुने एसियन गेमका  लागि तयारी गरिरहेका छन् ।

विशाल के–४४ विधाअन्तर्गत ६१ केजी तौलसमूह र अनीषा के–४२ विधाका खेलाडी हुन् । हाल क्यानाडामा रहेका कुँवर त्यहाँको मिसासागा तेक्वान्दो एकेडेमीमा प्रशिक्षण गराइरहेका छन् । सो अवसरमा पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीलाई प्रोत्साहनका लागि खेल सामाग्री प्रदान गरेका कुँवरलाई धन्यवाद दिएका थिए । 

यो पनि पढ्नुहोस् : ’सी’ डिभिजन लिगमा स्वयम्भुको पहिलो जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :