सन्जिव नेपाली र प्रेमकुमार दर्नालले उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
पुरुष ३१–४० वर्षमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० वर्षमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छाए ।
महिला १८–३० वर्षमा सन्दिपा अम्गाईंले रजतमा चित्त बुझाइन् । सन्दिपा सिंगापुरकी पोह वान जर्जियासंग चुकिन् । प्रतियोगिता अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा मार्च २१ र २२ तारिखमा भएको थियो ।
यो पनि पढ्नुहोस् : नेपाल तेक्वान्दो संघका नवनियुक्त राजदूत सुकको स्वागत