जापानका ओलम्पिक स्पर्ण विजेता कोगाको निघन

जापानका पूर्व ओलम्पिक च्याम्पियन टोशिहिको कोगाको निघन भएको छ ।

१९९२ बार्सिलोना ओलम्पिक मा जापानका लागी जुडोमा स्पर्ण पदक जितेका कोगाको निधन बुधबार ५३ बर्षको उमेरमा भएको हो ।

उनले आफ्नै घरमा देहत्याग गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् ।

जापानका लागी ३ बटा ओलम्पिकमा सहभागिता जनाएका कोगालाई गत बर्ष क्यान्सर भएको पत्ता लागेको थियो । उनलाई क्यान्सर भएको पत्ता लागेपछी अस्पतालमा भर्ना गरिएको थियो र सर्जरी समेत गरिएको थियो ।

कोगा टोकियो ओलम्पिक मशाल रिलेमा सहभागिता जनाउने योजना थियो । रिले देशको पूर्वोत्तर फुकुशिमा प्रान्तमा बिहीबारबाट प्रारम्भ हुदै छ । समेत

कोगाले सन् १९९६ को एट्लान्टा समर गेम्समा रजत समेत जितेका थिए ।

यो पनि पढ्नुहोस् :   रेस्लिङ पोखरामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :