बंगलादेश जाने कबड्डी टोलीलाई बिदाई

काठमाडौं । बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहिबार बिदाई गरिएको छ ।

अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननिय साँदस तुलसा थापाले एक कार्यक्रमका विच नेपाली टोलीलाई शुभकामना सहित बिदाई गरिन् ।

टोलीलाई बिदाई गर्दै साँसद थापाले नेपाली खेलाडीहरुले उच्च प्रदर्शनका साथ पदक हात पार्नेमा आफु बिश्वस्त रहेको भन्दै खेलाडीहरुलाई स्वागत गर्न र पदक हात पारेको खण्डमा नगद पुरस्कारले सम्मान गर्न आफु लालायित रहेको बताईन् ।

मार्च २८ देखि संचालन कुने प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेशका २ टोली, पोल्याण्ड, केन्या र श्रीलङका गरि ६ टिमको सहभागिता रहने नेपाली टोली नेता संघका उपाध्यक्ष बिरेन्द्र यादवले जानकारी गराए ।

यादवको नेतृत्वमा बंगलादेश जाने टोलीको प्रशिक्षकमा उमेश कुमार प्रधान र ब्यवस्थापकमा बिष्णु दत्त भट्ट रहेका छन् ।

यस्तै खेलाडीहरुमा लालमोहर यादव, प्रविण खड्का, रंजीत गजमेर, रामु टमाटा, बिनोद तामाङ्ग, प्रदीप मिजार, कुमार लामा, कल्याण भुजेल, नागेश्वर थारु, बन्धु राना रहेका छन् ।

यस्तै निर्णायकमा हिमाल रञ्जित र पशुपती प्रजापति रहेका छन् । टोली आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस् : दर्जनौ अवसरहरु गुमाउँदा नेपाल किर्गिस्तानसँग बराबरीमा रोक्कियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :