कैलाली जिल्लाका पूर्व ब्याडमिन्टन खेलाडीहरुबाट ४० हजार बराबरको सहयोग

कैलाली । कैलाली जिल्लामा ब्याडमिन्टन खेलको बिकासका लागि ४० हजार बराबरको ब्याडमिन्टका विभिन्न खेलकुद सामग्री उपलब्ध भएको छ ।

कैलाली जिल्लामा ब्याडमिन्टन खेलको बिकासका लागि लामो समय देखि निरन्तर सहयोग र समन्वय गर्दै आइरहेका कैलाली जिल्ला ब्याडमिन्टन एवं नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य ऋषिकेश श्रेष्ठले जिल्लाका खेलाडीहरुको लागि रु. ४० हजार बराबरको ब्याडमिन्टन को बिभिन्न खेलकुद सामग्री उपलब्ध गराएका हुन्।

यसका साथै नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य सुनील श्रेस्ठ बाट नगद पांच हजार, राष्ट्रिय ब्याडमिन्टन अम्पायर दुर्गा भण्डारी बाट ५ बट्टा शटल कर्क ,पुर्व अन्तर्राष्ट्रिय खेलाडीहरु शहदेव खड्काबाट नगद दस हजार र राजू पनेरु बाट १५ हज़ार सहयोग कैलाली जिल्लामा ब्याडमिन्टन संघ लाई जुटेको छ।

त्यसैगरी हाल पढाई को क्रममा अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खडका बाट १० हजार थता पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी इन्द्र महता मार्फत ७ हजार सहयोग उपलब्ध भएको छ।

जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष नवराज जोशी ले खेलाडीहरुलाई आफ्नो तर्फ बाट YONEX BG65 स्ट्रिंग तथा र्याकेट जस्तो सधैं खेलाडीहरु लाई चाहिने महँगो सामग्री आफ्नो तर्फ बाट ४ बर्षको लागि प्रदान गरेका छन् ।

ब्याडमिन्टन प्रशिक्षक मेगराज कठायत को प्रशिक्षणमा १२ महिना नै प्रशिक्षण हुने गरेको कैलाली जिल्ला ब्याडमिन्टन संघ मात्र नेपालमा एउटा यस्तो जिल्ला संघ हो जस्ले आफ्नो खेलाडीहरु लाई बर्षै भरि खेल सामग्री उपलब्ध गराउँछ ।

यसै अर्थमा कैलाली जिल्ला ब्याडमिन्टन खेलाडी हरुको लागि उत्कृष्ट जिल्लाको रुपमा चिनिदै आएको छ।
जिल्लाको यहि सहयोग र हौसलाले नै कैलालीका जुनियर खेलाडीहरुले नेपालमा आफ्नो उपस्थिति दर्हो रुपमा प्रमाणित गर्न सफल बन्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :