ग्रेट खली र अण्डरटेकर डब्ल्यूडब्ल्यूई हल अफ फेममा सामेल

भारतका पूर्व रेस्लर ‘दि ग्रेट खली’ (दलीप सिंह राणा) डब्ल्यूडब्ल्यूई (वल्र्ड रेसलिङ्ग ईन्टरटेन्मेन्ट) हल अफ फेममा सामेल भएका छन् ।

यस्तै अमेरिकन रेस्लर अण्डरटेकरलाई पनी डब्ल्यूडब्ल्यूई हल अफ फेममा सामेल गरिएको छ ।

दुबै पूर्व माहना रेस्लरहरुलाई अप्रिल ६ मा एक औपचारिक कार्यक्रम बिच हल अफ फेममा सामेल गरिने डब्ल्यूडब्ल्यूईले जानाएको छ ।

अमेरिकामा आयोजना हुने उक्त कार्यक्रम टिवी र डब्ल्यूडब्ल्यूई नेटवर्कबाट प्रत्यक्ष प्रशारण हुने छ ।

ग्रेट खली र अण्डरटेकर दुबै पूर्व डब्ल्यूडब्ल्यू च्याम्पियन हुन् ।

डब्ल्यूडब्ल्यूईले रेस्लिङ्गलाई विश्व प्रशिद्ध बाउन, यसको प्रचार प्रसार र प्रवर्धन गर्न खेलाडीको रुपमा उल्लेखनिय योगदान दिएको भन्दै पूर्व महान रेस्लरहरुलाई हल अफ फेममा सामेल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :