विराजको सन्यास तस्विरमा (फोटो फिचर)

‘मैले मेरो राष्ट्रिय टोलिको जर्सी अन्तिम पटक लगाए, वास्तबमा यो मेरो जीन्दगीको एउटा अध्याय सकिएको छ ।

‘खेलाडी जीवनकालमा धेरै उतारचढाव आए करिब १३ बर्ष राष्ट्रिय टोलि बाट खेल्दै गर्दा समर्थकहरु बाट पाएको माया राष्ट्रिय टोलिको ३ नम्बर जर्सी म जिन्दगीभर कहिले पनि बिर्सने छैन।

आज राष्ट्रिय टोलिबाट बिदाई लिदै गर्दा म मेरो सुरुवात देखी को सम्पूर्ण साथिभाईहरुलाई धेरै सम्झिन चाहेको छु। म आज यो स्थानसम्म आईपुगेर बिदाई लिदै गर्दा मलाई सदैब सपोर्ट गर्ने मेरो आमा-बाबा,दाजुभाइ,दिदिबहिनी साथै सम्पूर्ण परिवारलाई धेरै-धेरै धन्यवाद अनि माया भन्न चाहन्छु।

यस्तै एन्फा एकेडमी, मेरा सम्पूर्ण प्रशिक्षक, संकटा क्लब, एनआर्टी क्ल्ब, थ्री-स्टार कल्ब, मनाङ मर्स्याङ्दी क्ल्ब, साथै मछिन्द्र क्ल्ब प्रती विशेष धन्यवाद साथै हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

मलाई माया गर्नु हुने देश तथा बिदेशमा रहनुहुने मेरो सम्पूर्ण समर्थक,सुभचिन्तक,मिडियाकर्मी,खेलकुद प्रेमी,राष्ट्रिय टोलिको सम्पूर्ण खेलाडी,सहकर्मिहरु,प्रशिक्षक,अफिसियलहरुलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु । साथै नेपाली फुटबल अझै धेरै प्रगति र सफलताको कामना गर्दछु ।’

यो पनि पढ्नुहोस् : सन्यासपछि विराजको भावुक सन्देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :