तेक्वान्दो महासंघका खेलाडी र रेफ्रि सम्मानीत

नेपाल तेक्वान्दो महासंघ(एनटिएफ) र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा एनटिएफ अन्तर्गतका खेलाडी तथा निर्णायक सम्मानी भएका छन् ।

गत चैत्र १६ र १७ मा काठमाण्डौंमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय खेलकुद अन्र्तगत “दक्षिण एशियाली खेलकुद(स्पोर्टस् फर अल) प्रतियोगितामा आइटिएफ तेक्वान्दोका पदक विजेता २३ खेलाडी र ६ जना निर्णायकलाई एक औपचारिक कार्यक्रमका बिच भब्यरुपमा सम्मान गरिएको छ ।

सम्मानित हुने पूरुष खेलाडीहरुमा सविर थापा, निमा घिसिङ, तेन्जिङ दावा तामाङ, आयम सुवेदी, दिपजल ठकुरी, आयुस रोय, रिजन भारति, आयुस कार्की, बविन खनाल, बिसुव जङ्ग कुँवर , अतित खड्का, समिर थापा लगाएत छन् भने महिला खेलाडीहरुमा मनिता तामाङ, अनिसिस कार्की, सिद्धिका कुँवर, सुप्रीना लामा, सदिक्षा श्रेष्ठ, आयुसा घिमीरे, स्विकृति गिरी र रिया श्रेष्ठ लगायत छन् ।

त्यस्तै सम्मानित हुने निर्णायकहरुमा विकास के.सी, राजेश बस्नेत, प्रनिस पहाडी, समिर बस्नेत, विष्णु भण्डारी र रमित बस्नेत रहेका छन् ।

सम्मानीत हुने खेलाडी तथा निर्णायकहरुलाई कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिका ७ का वडाध्यक्ष नकुल थापा, कार्यक्रमका सभापति एवं नेपाल तेक्वान्दो महासंघका उपाध्यक्ष सुरेश शाही, उपाध्यक्ष अविशेक मल्ल, सचिव विकास के.सी, केन्द्रिय सदस्य एवं चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीका प्रमुख प्रशिक्षक राजेश बस्नेत लगात अन्य जनप्रतिनिधिहरुले प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :