समिक र वितिशा पहिलो

जेसिस माविकाद्वय समिक गोर्खाली र वितिशा सिल्पकार भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि सञ्चालित छनोट प्रतियोगिताको १ सय मिटर दौडमा शनिबार पहिलो भएका छन् ।

भक्तपुर बहुमुखी क्याम्पसमा भएको प्रतियोगितामा समिक छात्र र वितिशा छात्रामा पहिलो भएका हुन् ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौडको छात्रमा जेसिसका रोजित बखुन्छे र छात्रामा जेसिसकी रेजिशा घेमसु, लङजम्पको छात्रमा श्री महेन्द्र ग्रामका मुकेशकुमार रविदास र छात्रामा गणेश माविकी निशा भुलन, ट्रिपलजम्पको छात्रमा जेसिसका कृजल थजु र छात्रामा ज्ञान विजयकी संगिता थिङ तथा हाइजम्पको छात्रमा अक्सफोर्डका अक्षय सर्राफ र छात्रामा अक्सफोर्डकै उज्जु गरु पहिलो भए ।

प्रतियोगितामा एथलेटिक्ससहित कबड्डी, टेबलटेनिस, उसु, ब्याडमिन्टन, कराते र तेक्वान्दोमा प्रतिस्पर्धा हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी (विके) श्रेष्ठले जनाएका छन् ।

प्रतियोगिताको आयोजक समितिका अध्यक्ष श्रीभक्त कासीछवाले उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :