अल नेपाल फुल कन्ट्याक्ट भोलि

काठमाडौं । नेपाल क्योकुसिन कराते संघ आईकेएको आयोजनामा प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिता बुधबार हुने भएको छ ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष टीका श्रेष्ठ थिङले जनाएका छन् । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

एकदिने प्रतियोगिताका खेलहरु सिनामंगलमा हुने छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :