इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ को छैटौं खेलमा आज (बुधबार) सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर बैगंलुरु प्रतिस्पर्धा गर्दै छन् ।
चेन्नईको एमए चिन्नास्वामी स्टेडियममा खेल्ने खेल नेपाली समय अनुसार साझ ७:४५ बजेबाट शुरु हुने छ ।
प्रतियोगिताको उद्धघाटन खेलमा मुम्बइमाथी २ विकेटको जित निकालेको बैगंलुरु दोस्रो जितको खोजिमा मैदान उत्रने छ भने हार सहित प्रतियोगिताको शुरुवात गरेको हैदराबाद पहिलो जितको खोजिमा रहेको छ । हैदराबाद आफ्नो पहिलो खेलमा कोलकत्तासँग १० रनले पराजित भएको थियो ।
आईपीएल २०२० मा कप्तान डेभिड वार्नर र जोनी बेयरस्टोको जोडीले हैदराबादको लागि सफल ओपनिङ गर्दै आएका थिए । यस पटक पहिलो खेलमा ऋद्धिमान साहलाई ओपनरको रुपमा मैदानमा उतारेको थियो । भने बेयरस्टोले चार नम्बरमा खेलेका थिए । यद्यपि यस खेलमा, बेयरस्टो र वार्नरको जोडीलेनै ओपनिङ गर्न सक्नेछन् ।
हैदराबादको मध्य क्रमलाई मनीष पाण्डे, प्रियांम गर्ग, विजय शंकर, अब्दुल सामद र मोहम्मद नबीले समाल्ने छन् भने बलिङमा रशीद खान, टी नटराजन, संदीप शर्मा र भुवनेश्वर कुमार मैदान उत्रन सक्ने छन् ।
अर्को तर्फ बैगंलुरुका ओपनर देवदत्त पाडिक्कलले टिममा पुनःआगमन गर्न सक्ने छन् । पछिल्लो खेलमा कोरोना भाइरसबाट रिकभरीको कारण पेडिक्कलललाई आराम दिइएको थियो ।
पाडिक्कको अनुपस्थितीमा कप्तान विराट कोहली र वाशिंगटन सुन्दरले ओपनीङ गरेका थिए । पेडिक्कले हालै सम्पन्न विजय हजारे ट्रफीमा राम्रो प्रदर्शन गरेका थिए र उनको उपस्थितिले बैगंलुरुको ब्याटिङ लाइन अपलाई मजवुधी प्रदान गर्नेछ ।
कोहली रपेडिक्कले बैगंलुरुका लागी ओपनीङ गर्ने छन् भने मध्य क्रममा ग्लेन म्याक्सवेल, एबी डिविलियर्स, डेनियल क्रिश्चियन, काइल जेमिसन, वाशिंगटन सुन्दर देखिन सक्ने छन् । बलिङ हर्षल पटेल, मोहम्मद सिराज र युजवेंद्र चहल लाई वाशिंगटन सुन्दर र म्याक्सवेले साथ दिने छन् ।
हैदराबादको सम्भावित ११– डेभिड वार्नर (कप्तान) , जोनी बेयरस्टो (विकेटकीपर), मनीष पाण्डे, प्रियांम गर्ग, विजय शंकर, अब्दुल सामद, मोहम्मद नबी, रशीद खान, टी नटराजन, संदीप शर्मा र भुवनेश्वर कुमार ।
बैगंलुरुको सम्भावित ११– देवदत्त पेडिक्कल, विराट कोहली (कप्तान), रजत पाटीदार, ग्लेन म्याक्सवेल, एबी डिविलियर्स (विकेटकीपर), डेनियल क्रिश्चियन, काइल जेमिसन, वाशिंगटन सुन्दर, हर्षल पटेल, मोहम्मद सिराज र युजवेंद्र चहल ।




