त्रिकोणात्मक टी–२० सिरिजका लागि राष्ट्रिय टिमको घोषणा, शाहब र आशिफ पहिलो पटक राष्ट्रिय टिममा,

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सविरुद्ध खेल्ने त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट सँघ (क्यान) ले बुधबार आफ्नो आधिकारीक फेसबुक पेजमा एक पोस्ट सियर गर्दै प्रतियोगिताका लागि १५ सदस्य राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

क्याले यस अघि १८ जना खेलाडीहरु सहित शुरुवात गरेको बन्द प्रशिक्षणबाट अन्तिम १५ को छनोट गरेको हो ।

क्याले लगभग पुरानै टिमलाई निरन्त्रता दिँदा बन्द प्रशिक्षणमा बोलाईएका सन्दीप जोरा, लोकेश बम, बिक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशी राष्ट्रिय टिममा परेका छैनन् भने शाहब आलम र आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । यस्तै लिस्ट ‘ए’ मा डेब्यू गरिसकेका कुशल भुर्तेल पनि पहिलो पटक टी–२० टिममा परेका छन् ।

बैशाख ४ गतेबाट टियू क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा खेलाईने छ ।

प्रतियोगिताका शीर्ष २ टोलिहरुले बैशाख ११ मा फाईनल खेल्ने छन् ।

प्रतियोगिताका लागि नेदरल्याण्ड्स र मलेसिया मंगलबार काठमाडौं आइपुगेका छन् । प्रतियोगिताको प्रत्यक्ष प्रशारण १ सय ४१ देशमा हुने क्यानले जनाएको छ ।

नेपाली राष्ट्रिय टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी र शाहब आलम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :