च्याम्पियन्स लिग : डर्टमण्ड र म्यान सिटी भिड्दै


युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनल चरणको दोश्रो लेगको खेलमा आज बोरुसिया डर्टमण्डले म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

बोरुसियाको घरेलु मैदान सिग्नल इदुना पार्क हुने खेल नेपाली समय अनुसार राती १२:४५ बजेबाट शुरु हुनेछ ।

दुवै टिम आजको खेलमा एक अर्कालाई हराउने योजना सहित मैदान प्रवेश गर्नेछ । आजको खेल जित्ने टिम सेमिफाइनल प्रवेश गर्नेछ ।

विजयी टिमले सेमिफाइनल खेलमा फ्रेन्च क्लब पीएसजीसँगको भेट पक्का गर्नेछ ।

बोरुसियाले पछिल्लो पटक भएको क्वाटरफाइनल चरणको पहिलो लेगमा जर्मन क्लब भीएफबी स्टटगार्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणको लेगमा स्थान बनाएको थियो ।

म्यानचेस्टर भने पछिल्लो खेलमा लीड्स युनाइटेडसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

यो पनि पढ्नुहोस् : रियाल सेमिफाइनलमा,लिभरपुल बाहिरियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :